बिर्तामोड । झापाको बिर्तामोडबाट नियमितरुपमा प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक ११ औं बर्षमा प्रवेश गरेको छ ।

२०७२ सालदेखि  निरन्तर प्रकाशन भइरहेको बिर्ताज्योति साप्ताहिक हरेक हप्ताको मंगलबार प्रकाशित हुँदै आइरहेको बिर्ताज्योति साप्ताहिककी व्यवस्थापक रेवतादेवीभट्टराईले बताइन् । पत्रिकाले अनलाइन संस्करण बिर्ताज्योति डटकम समेत सञ्चालन गर्दै आएको उनले बताइन्।

प्रेस काउन्सिलद्वारा ‘ख’ वर्गमा वर्गीकृत बिर्ताज्योति साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र जनचाहना अनुरुप प्रकाशन गर्दै लैजाने बिर्ताज्योति साप्ताहिकका प्रकाशक तथा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।

बिर्ताज्योति साप्ताहिक ११ औं वर्षमा प्रवेश गरेको अवसरमा सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र शुभचिन्तक सबैमा सम्पादक तुलसीप्रसाद निरौलाले धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत सबैको  साथ र सहयोगको अपेक्षा गरेका छन्। 

 बिर्ताज्योति साप्ताहिक ११ औं बर्षमा प्रवेश गरेको अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, नेपाल पत्रकार महासंघ  झापा शाखा अध्यक्ष एकराज गिरीलगायतले शुभकामना सन्देश दिँदै निरन्तरताको कामना गरेका छन् ।