झापा । झापाको बिर्तामोडस्थित लिङ्कन मन्टेश्वरी स्कुल र कनकाई नगरपालिका–७ मा रहेको फक्तालुङ एजुकेशन फाउन्डेशन बीच सिकाइ सहजीकरणको अभ्यास सम्पन्न भएको छ।


कार्यक्रम अन्तर्गत दुवै विद्यालयका शिक्षकहरूले कक्षागत सहकार्य गर्दै बालबालिकाको सिकाइलाई अझ प्रभावकारी बनाउन सकिने विधिहरूको अभ्यास गरेका थिए। कक्षा कोठामै भएको सहकार्यले बालमैत्री सिकाइ वातावरण निर्माणमा सहयोग पुगेको शिक्षकहरूले बताए।


 जनहितमा जारी

अन्तर्राष्ट्रिय अवार्ड प्राप्त फक्तालुङ एजुकेशनले सिकाइमा अपनाएका नयाँ अभ्यासलाई नजिकबाट बुझ्न र बालबालिकालाई अङ्ग्रेजी भाषाको प्रयोगमा अभ्यस्त बनाउन सहयोग पुर्‍याउने उद्देश्यले लिङ्कन मन्टेश्वरी स्कुलले स्थलगत अवलोकन भ्रमण गरेको थियो।


फक्तालुङ एजुकेशनका प्रधानाध्यापक ओम बिक्रम नेङ्वाङले लिङ्कन मन्टेश्वरी सँगको सहकार्यले आफ्ना शिक्षकहरूलाई नयाँ प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

उनले सिकाइमा साझेदारी र अनुभव आदान–प्रदानले दुवै विद्यालयका लागि सकारात्मक परिणाम दिने उल्लेख गरे।