बिर्तामोड । भरत प्रसाई, देशभर ढुवानी सेवा दिँदै आएको पूर्वेली  ढुवानी सेवा प्रालीले बुधबार (बिर्तामोड नगरपालिका५ स्थित मुख्य कार्यालयमा) भव्यरुपमा विश्वकर्मा बाबाको पूजा आराधना सम्पन्न गरेको छ।


IMG_5993

 जनहितमा जारी

विश्वकर्मा पूजा अर्थात् वास्तु दिवसका अवसरमा प्रालीले कार्यालय सजाएर कर्मचारी तथा मजदुरलाई सहभागी गराउँदै धार्मिक वातावरणमा पूजाअर्चना गरेको हो।

 प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन कालीगढ, प्राविधिक तथा श्रमिकहरूले आफ्ना औजार र सवारीसाधनलाई पूजाआजा गरी यो पर्व मनाउने परम्परा छ।

IMG_5976

प्रालीका सञ्चालक तथा अध्यक्ष निर्मल खत्रीका अनुसार करिब १०० जनाले रोजगारी पाएका छन्।

प्रालिका सञ्चालक तथा अध्यक्ष खत्रीका अनुसार कम्पनीले ४२ वटा सवारीसाधनमा पूजा सम्पन्न गरेकाे छ । 

उहाँले सवारीचालक, ड्राइभर तथा कर्मचारीहरूको इमान्दारिता र कम्पनीप्रतिको भरोसाका कारण पूर्वेली ढुवानी सेवा प्रालीले आजको स्थान हासिल गर्न सफल भएको बताउनुभयो।

साथै, नेपालमै उत्कृष्ट सेवा प्रदान गर्दै आयात–निर्यात क्षेत्रमा सबैको विश्वास जित्न प्राली सक्षम भएको  उहाँको भनाइ छ।


 उहाँले धार्मिक विश्वास मात्र नभई प्राविधिक दृष्टिले समेत यो पर्व महत्वपूर्ण हुने भन्दै प्रालीले निरन्तर भव्यरुपमा यो पूजा गर्दै आएको जानकारी दिनुभयो।




धर्मविद्हरूका अनुसार द्वापर युगमा जब राक्षसहरूले भगवान कृष्णलाई दुःख दिए, त्यसबेला विश्वकर्माले समुद्रको बीचभागमा मानेर श्रीकृष्णका लागि द्वारिका नगरी (मन्दिर) निर्माण गरेका थिए।

त्यसै समयदेखि विश्वकर्माको पूजा गर्ने परम्परा सुरु भएको जनविश्वास रहिआएको छ।

 

यसरी, पूजा औजार, सवारीसाधन र निर्माणसँग प्रत्यक्ष सम्बन्ध राख्ने विश्वकर्मा पूजा प्राविधिक, इन्जिनियर, श्रमिकदेखि सामान्य सर्वसाधारणसम्मले श्रद्धापूर्वक मनाउने पर्व बनेको छ।