झापा ।  

झापा गाउँपालिकाका वडा नं १ र वडा नं २ का बाढीपीडित ६ सय ३६ परिवारलाई ‘एकका लागि एक अभियान’को अगुवाइमा राहत वितरण गरिएको छ।

राहत वितरण अन्तर्गत प्रति परिवारलाई एक बोरा चामल, एक लिटर तेल, दुई किलो नुन र आलु वितरण गरिएको जिल्ला प्रशासन कार्यालय झापाका प्रजिअले जानकारी दिनुभयो।

558989451_24624205627228926_4271590908136188428_n

 जनहितमा जारी

झापा गाउँपालिकाको वडा नं १ मिलन बस्तीका २८८, वडा नं २ सुगावथानका ६६ र कोवाडीका १९३ गरी जम्मा ६३६ परिवारलाई राहत प्याकेज वितरण गरिएको थियो।


एका लागि एक अभियान’बाट संकलित रकमबाट ५०० परिवारलाई प्रति परिवार ३,००० रुपैयाँ बराबरको खाद्यान्न प्याकेज वितरण गरिएको संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिनुभयो।

उनका अनुसार अभियानमार्फत करिब १,००० परिवारका लागि राहत प्याकेज जुटिसकेको र अझै १,००० परिवारका लागि राहत जुटाउन प्रयास भइरहेको छ।

558954305_24624204397229049_4365464288365052991_n

राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बु, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उप–अनुसन्धान निर्देशक उमेश पाण्डे, सशस्त्र प्रहरी बल नेपाल नं २ गणका उपरीक्षक तुलबहादुर भण्डारी, अरिगमन गणका गणपति सेसानी सरोज थापा, झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।


समारोहमा राहत वितरणमा सहयोग पु-याउने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्दै प्रमुख जिल्ला अधिकारीले स्थानीय सरकार, रेडक्रस सोसाइटी तथा सरोकारवाला निकायको समन्वयले बाढीपीडितहरूलाई राहत पु-याउन सहज भएको बताउनुभयो।