इलाम, असोज २४ । भरत भाबुक प्रसाई , 

असोज १७ गतेदेखि परेको अविरल वर्षाका कारण इलाम नगरपालिका–१०, गोदकस्थित टापु क्षेत्रका करिब ४३ परिवार विस्थापित भएका छन्।

घरहरू पूर्ण तथा आंशिक रूपमा क्षतिग्रस्त भएपछि ती परिवारहरू अहिले अस्थायी आवासमा बस्न बाध्य भएका छन्।

यस कठिन अवस्थामा  आर एस के सेल्टर संस्थाले सहयोगका रूपमा ४ थान डबल RSK आपतकालीन शेल्टर निर्माण गरी प्रभावित परिवारहरूलाई हस्तान्तरण गरेको छ। संस्थाको यो पहलले असहाय परिवारहरूलाई तत्काल बसोबासका लागि ठूलो राहत पुगेको स्थानीयहरूले बताएका छन्।


9e85607a-12a9-4553-80d5-5c9cad24b6ddराहत कार्यमा नेपाली सेनाको टोली, मेजर सूर्य बहादुर केसीको नेतृत्वमा, श्रमदानमार्फत सक्रिय सहभागिता जनाएको थियो।

RSK Shelter का प्रतिनिधि शरद जोशी, भीष्म घिमिरे र विष्णु आचार्यले भने,

“हामीले यसअघि पनि जाजरकोट, नलगाड र सर्लाहीमा विपद्‌का समयमा आपतकालीन टहरा निर्माण गरी सहयोग पुर्‍याएका थियौं। यसपटक पनि इलामका प्रभावित दाजुभाइबहिनीहरूका लागि सकेसम्म शीघ्र राहत पुर्‍याउने प्रयास गरेका हौं।”

9a4846b0-8cb7-4c0c-8c31-d97a8029bfa0यस क्रममा इलाम प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीयवासीहरूले RSK Shelterको यो मानवीय योगदानप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सहकार्यको निरन्तरता रहने विश्वास व्यक्त गरेका छन्।