बिर्तामोड । भरत भाबुक प्रसाई 

  विश्वका ४० देशमा रहेका झापालीहरूको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । उनी सन् २०२५–२०२७ का लागि अध्यक्ष चुन्निएका हुन् ।

उनी सन् २०२५–२०२७ का लागि अध्यक्ष चुनिएका हुन् ।समाजको बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाईंलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

विगत ३० वर्षदेखि कतारमा व्यवसाय गर्दै आएका झापा बाह्रदशीस्थित डाँगीबारीका चम्लागाईं यसअघि समाजको वरिष्ठ उपाध्यक्ष रहेका थिए ।

 जनहितमा जारी

IMG_7124

उनी ताप्लेजुङको फूलबारीदेखि झापा हुँदै श्रमिकको रुपमा कतार पुगेका थिए ।उनले सन् २००३ मा कतारमा बुकसप सञ्चालनमा ल्याएका थिए ।

त्यसपछि उनले आयात निर्यातको काम गर्दै हाल कन्स्ट्रक्सनको व्यवसाय सञ्चालन गर्दै पाँच हजारजनालाई रोजगारी दिएका छन् ।

व्यवसायी संघ कतारका अध्यक्षसमेत रहेका चम्लागाईं झापाली समाज कतारका संरक्षक हुन् । उनको व्यावसायिक फर्म उडल्यान्ड कन्ट्राक्टिङ कम्पनी हो ।

IMG_7134

चम्लागाईं नेपाल चेम्बर अफ कमर्सको कतार प्रतिनिधिसमेत हुन् ।निर्वाचित समितिको नामवाली अधिवेशन सम्पन्न भएपछि सार्वजनिक गरिने बताइएको छ । अधिवेशनकै अवसरमा स्मारिका २०८२ पनि सार्वजनिक गरिएको थियो । समाजअन्तर्गत ४० राष्ट्रिय समिति रहेका छन् ।

नयाँ कार्यसमिति पदाधिकारीहरू यसप्रकार छ  —

वरिष्ठ उपाध्यक्षः दिपक चुडाल
उपाध्यक्षहरूः नविन पोखरेल, चूडामणि कार्की
उपाध्यक्ष (महिला): सीता पाण्डे
महासचिवः चिरण खवास
सचिवहरूः भवानी प्रसाद कोइराला, अजय राजबंशी
कोषाध्यक्षः उमेश पोखरेल
सह–कोषाध्यक्षः रविन गिरी

क्षेत्रीय संयोजकहरूः
मध्यपूर्व – केशव कार्की (कतार)
युरोप – लोकेन्द्र नेपाल (बेल्जियम)
ओसियानिया – निरञ्जन प्रसाई (अष्ट्रेलिया)
अमेरिका – आशिष संग्रौला (संयुक्त राज्य अमेरिका)

उप–क्षेत्रीय संयोजकहरूः
मध्यपूर्व – टिका ढकाल (ओमान)
युरोप – प्रकाश गिरी (नेदरल्याण्ड्स)
अमेरिका – दिल्ली थापा (संयुक्त राज्य अमेरिका)

निर्वाचन प्रमुख दिनेश पोखरेलले नयाँ कार्यसमिति घोषणा गर्दै यसपालिको निर्वाचन सफल र सहमतिको वातावरणमा सम्पन्न भएको बताए ।

सन् २०२४–२०२५ का अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षतामा आयोजित पदस्थापन कार्यक्रममा प्रमुख अतिथि रूपमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी उपस्थित थिए । कार्यक्रममा विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।

मानवीय अभियान र कोभिडको संकटमा योगदान

कोभिड–१९ महामारीको समयमा समाजले स्वास्थ्य उपकरण र सामग्री वितरण गर्दै २५ लाख रुपैयाँ सहयोग गरेको थियो। त्यतिबेला नेपालमै पहिलो पटक सामाजिक पहलमा स्थापना गरिएको PCR ल्याब र अक्सिजन बैंक समाजकै पहलमा सुरु भएको उल्लेखनीय उपलब्धि हो।

साथै, झापाका १५ वटै पालिकामा स्वास्थ्य सामग्री वितरण गरिएको थियो।

त्यसअघि, २०७५ वैशाख १३–१५ मा कतारमा आयोजित समाजको पहिलो क्षेत्रीय भेलाले अन्तर्राष्ट्रिय समन्वय सुदृढ गर्दै दीर्घकालीन सोचका साथ उत्पादनमुखी र समृद्ध नेपालको निर्माणमा योगदान गर्ने लक्ष्य लिएको थियो।

दोस्रोदेखि चौथो अधिवेशनसम्मको यात्रा

सन् २०१९ अक्टोबर १२–१३ मा बिर्तामोडमा सम्पन्न दोस्रो अधिवेशनले छत्र सुब्बाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको थियो। त्यसपछि कोभिड–१९ संकटका बीच समाजले देशव्यापी राहत र स्वास्थ्य अभियान सञ्चालन गरेको थियो।

IMG_7142

त्यस क्रममा तत्कालीन उपाध्यक्षद्वारा “महा अभियान” स्थापना गरी अक्सिजन बैंक सञ्चालन गरिएको थियो। स्वास्थ्य उपकरण अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले समाजले व्यापक सहयोग गरेको थियो।

सञ्चार र शिक्षा क्षेत्रमा सहयोग

सामाजिक क्षेत्रका साथै सञ्चार विकासमा पनि समाज अग्रसर रहँदै आएको छ। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषका लागि समाजले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो। साथै, समाजले शिक्षा र बालबालिकाका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ।

IMG_7144तेस्रो क्षेत्रीय सम्मेलन र हालको उपलब्धि   २०२४ अप्रिल २७–२८ (२०८१ वैशाख) मा माल्टामा सम्पन्न तेस्रो क्षेत्रीय सम्मेलनले संस्थालाई दीर्घकालीन रुपमा दिगो बनाउने निर्णय गरेको थियो। सो सम्मेलनले स्वास्थ्य क्षेत्रका लागि झापालाई एम्बुलेन्स हस्तान्तरण गर्दै महत्वपूर्ण   उपलब्धि हासिल गरेको थियो। 

खेलकुद प्रवर्द्धनका लागि समाजले भद्रपुर झापा गोल्डकपमा निरन्तर सहप्रायोजकको रुपमा सहभागिता जनाउँदै आएको छ। यस वर्ष पनि प्रतियोगितामा समाजले दोस्रो पुरस्कार प्रदान गरेको छ।

अधिवेशनमा कार्यक्रममा प्रमुख अतिथि अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, कलाकार अशोक शर्मा, पत्रकार टिकाराम यात्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए  ।


IMG_7162

अधिवेशनको सञ्चालन महासचिव नगेन्द्र नवीन पोखरेलले गर्नुभएको थियो।

कार्यक्रमका क्रममा ‘एकका लागि एक अभियान’ अन्तर्गत बाढीपीडितहरूका लागि सृजन मिडिया ग्रुप, सञ्जीव कुमार शाह टिम, र रुपक खनाललगायतले आर्थिक सहयोग हस्तान्तरण गरेका थिए।