भरत प्रसाई 

झापा  । असोज २७नेपाली सेनाको चारआलीस्थित अरिदमन गणमा सैन्य आधार तालिम सम्पन्न भएको छ । २०८१ साल मंसीर १६ गतेदेखि सञ्चालन भएको १० औं व्याज सैन्य आधार तालिमको अन्तिम दलेल कवाज (दिक्षान्त समारोह) सोमवार सम्पन्न भएको हो ।


श्री नं. २१ वाहिनी अड्डा तोपगाछी झापाका वाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा दिक्षान्त समारोह सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वाहिनीपति सहायक रथी श्रेष्ठले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने १०५ जना सैन्यहरुलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गरेका थिए ।

3-1536x744
दिक्षान्त समारोहलाई सम्बोधन गर्दै वाहिनीपति सहायक रथी श्रेष्ठले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा गौरवमय इतिहास बोकेको नेपाली सेनाले जहिले पनि राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र राष्ट्रिय एकताको पक्षमा काम गर्नुपर्ने बताएका छन् ।
IMG_7574

राष्ट्रको मेरुदण्ड भनेको नेपाली सेना हो, सेनाको मेरुदण्ड भनेको तालिम प्राप्त सिपाही हो त्यसैले नेपाली सेनाले जहिले पनि राष्ट्र प्रति बफादार भई नेपाली सेनाको मूल्य मान्यतालाई आत्मसाथ गरी नेपाली सेनाको छबी उच्च राख्न सदैब तयार हुनु पर्ने वाहिनीपति सहायक रथी श्रेष्ठले बताए ।

2-1536x749कार्यक्रममा विभिन्न विधाहरुमा उत्कृष्ट हुने सैन्यहरुलाई पुरस्कृतसमेत गरिएको थियो । श्री अरिदमन गणबाट दिक्षित भएका एक सय पाँच जना सैन्यहरु मध्य पाल्पा जिल्ला रम्भा गाँउपालिका ४ स्थायी घर भएका सैन्य योगेन्द्र बहादुर दिसा उक्त तालिममा सर्वोत्कृष्ट हुन सफल भएका थिए ।



 तालिममा सर्वप्रथम योगेन्द्र दिशा , ड्रिलमा प्रथम रमेश गुरुङग, दौडमा प्रथम विपेश कार्की, फायरिङमा प्रथक सन्दिप पुन,बाँधमपारमा प्रथम टिकाराम राना,कमान्डिङग अफसर मोटिभेशनमा  प्रथम हुने सुमन वाइवालाई  वाहिनीपति सहायक रथी श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । 

त्यसैगरी रमेश गुरुङ (ड्रिल), विपेश कार्की (दौड), सन्दिप पुन (फायरिङ), टिकाराम राना (बाँधापार), र सुमन वाईवा (कमान्डिङ अफिसर मोटिभेशन) विधामा उत्कृष्ट ठहरिएका थिए।

कुल नौ महिनाको कठिन सैन्य आधारभूत तालिम पूरा गरेका सिपाहीहरू अब नेपाली सेनाका विभिन्न युनिटहरूमा दरबन्दी नियुक्त हुनेछन्।


दिक्षान्त समारोहमा श्री अरिदमन गणका कर्णेल कमाण्डडान्ट उपरथी श्री सागर बहादुर थापा (अ.प्रा), मेचिनगर नगरपालिका मेयर श्री गोपालचन्द्र बुढाथोकी, झापा प्रमुख जिल्ला अधिकारी श्री गोपाल कुमार अधिकारी, वाहिनी अड्डाका अधिकृतहरू, श्री अरिदमन गणका गणपति तथा अधिकृतहरू, झापास्थित विभिन्न सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालयका प्रतिनिधि, सञ्चारकर्मीहरू र दिक्षित सिपाहीका परिवारजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अवसरमा नेपालभरका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा गरी जम्मा २,४०६ जना सैन्यहरू दिक्षित भएका छन्।