झापा, असोज ३० ।

झापाको बुद्धशान्ति गाउँपालिका–२ प्रगतिटोलमा आज बिहान आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्राप्त जानकारी अनुसार बिहान करिब ३ः४० बजे प्रेमप्रसाद कार्कीको घर नजिकै रहेको काठ र टिनबाट बनेको गाईगोठमा के कारणबाट आगलागी भयो भन्ने खुलेको छैन।

 जनहितमा जारी

स्थानीयवासी र घरपरिवारको सहयोगमा आगो बिहान करिब ५ः३० बजे नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट गाईगोठ, गोठभित्र राखिएको पराल, काठ तथा करिब ३० मन मकै जलेर नष्ट भएको छ। साथै गोठमा रहेको एकवटा गाई आंशिक रूपमा जलेर घाइते भएको बताइएको छ।

आगलागीबाट करिब रु. ४,००,००० (चार लाख रुपैयाँ) बराबरको क्षति भएको अनुमान गरिएको स्थानीय स्रोतले जनाएको छ।