झापाको कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनमा ३ दिवसीय विविध खेलकुद गतिविधि सुरु भएको छ।
वार्षिक क्यालेन्डर अनुसार हरेक वर्ष संचालन हुँदै आएको विविध खेलकुद गतिविधि यस वर्ष २०८२ सालको वार्षिक कार्यक्रम अन्तर्गत आज बुधबारदेखि पर्सि शुक्रबारसम्म निरन्तर चलिरहने विद्यालयले जनाएको छ।
कार्यक्रममा विविध ४० वटा भन्दा धेरै प्रतियोगितात्मक खेलकुद कार्यक्रम रहने शिक्षक ईमानसिङ्ग फ्याक(लिम्बूले ) जानकारी दिनुभयो ।
खेलकुदमा प्रतियोगितात्मक फुटबल , भलिबल , कराते ,टेवलटेनिस लगायत ४० बढी खेलकुद विविध विधा रहने विद्यालयले जनाएको छ।
विद्यालयका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा भएको विविध खेलकुद कार्यक्रमको उद्घाटन प्रमुख अतिथि समेत रहनु भएका वडा न ७ का अध्यक्ष भीष्मभूषण सिटौलाले गर्नुभएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष सिटौलाले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन सबै एकजुट हुनेपर्नेमा जोड दिनुभयो । उहाँले उत्कृष्ट विद्यार्थी उत्पादनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । सरकारी शिक्षालाई उत्कृष्ट बनाउन स्थानीय सरकार लागिपरेको समेत उहाँले बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले कार्यक्रममा औचित्यमाथी प्रकाश पार्दै विद्यालयले वार्षिक रुपमा गर्दै आएका खेलकुद सहितको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले यस शैक्षिक सत्र २०८२ देखि ‘क्रियाकलापमा आधारित शिक्षण सिकाई’ कार्यक्रम सञ्चालनमा ल्याएको समेत जानकारी गराउनुभएको थियोे ।
प्रिन्सिपल नेम्वाङले विद्यार्थीलाई व्यावहारिक र युगसापेक्ष शिक्षा दिने उद्देश्यले क्रियाकलापमा आधारित शिक्षण सिकाई सञ्चालनमा ल्याउन त्यसै विविध खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर अगाडी बढीरहेको जानकारी गराउनुभएको थियोे ।
विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको व्यवस्थापक संगीता लिम्बूले जानकारी दिनुभयो ।
विद्यालयका शिक्षिक श्रीप्रसाद गौतमले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य निर्मल आङ्ग्थोपो , अभिभावक ,पुर्व विध्यार्थी लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक सिर्जना लिम्बूले गर्नुभएको थियो ।विद्यालयले केही समय अघिमात्रै अन्तरास्ट्रिय अवार्ड समेत प्राप्त गरेको जनाएको छ।
खेलकुद प्रतियोगिता सुरुहुनु अघि विद्यार्थी , अतिथि शिक्षक तथा अभिभावकको मैत्रीपूर्ण भलिबल खेल समेत खेलाईएको थियोे ।














