झापा । प्राचीन तथा ऐतिहासिक धार्मिक स्थल कञ्चनगढधाम, साधुकुटीमा श्रीसौर्य महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञ आयोजना हुने भएको छ।

गुरुकुल बचाउने, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्दै कञ्चनगढधामलाई राष्ट्रियस्तरको धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले आगामी मिति २०८२ कार्तिक २६ गतेदेखि मङ्सिर ४ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो।

ज्ञान महायज्ञमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त धर्मगुरु व्यासाचार्य किशोर गौतमज्यूको पावन सानिध्य रहनेछ भने साङ्ग्वेद संस्कृत माध्यमिक विद्यालयका पूर्व–प्राचार्य तथा प्रसिद्ध कथावाचक आचार्य दामोदर न्यौपानेज्यूको श्रीमुखबाट कथा प्रवचन हुनेछ।

सोही क्रममा पण्डित हेमलाल ढकालज्यूद्वारा पाठपारायण पनि सञ्चालन गरिनेछ।

kanchangade

आयोजक समितिका अनुसार यो महायज्ञ जपात्मक, पाठात्मक र हवनात्मक स्वरूपमा सम्पन्न हुनेछ। कार्यक्रममा देश–विदेशका धर्मानुरागी भक्तजनहरूको सहभागिता रहनेछ।

आयोजनाका सल्लाह तथा सुझावका लागि सञ्चार प्रमुख दीपेन्द्र खरेल (९८१८००१९००), संयोजक ज्ञानु सुवेदी (९८१४९५२५११), सचिव पुष्प भट्टराई (९८१३१९९९४५) र सह–सचिव मनोज खतिवडा (९८१५९९४७५०) सँग सम्पर्क गर्न सकिने आयोजक समितिले जनाएको छ।

महायज्ञको आयोजना श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समिति तथा गुरुकुल, बाह्रदशी–६, कञ्चनगढधाम, साधुकुटीद्वारा गरिएको हो।