बिर्तामोड, कात्तिक २२ ।

“पर्यटकीय मन, उपभोक्ताको धन, आर्थिक पारदर्शिता हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित आगामी २२ गते हुने चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनका लागि साझा संकल्प समूहले आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेको छ।

पर्यावरण संरक्षण, आर्थिक पारदर्शिता र करिब १९०० सदस्य उपभोक्ताको हितलाई प्रमुख प्राथमिकतामा राख्दै चुडामणि मैनालीको नेतृत्वमा बनेको समूहले आफ्नो उम्मेदवार सूची सार्वजनिक गरेको हो।


8888888

साझा संकल्प समूहका अध्यक्ष पदका उम्मेदवार चुडामणि मैनाली, उपाध्यक्ष  दिपेन्द्र कटुवाल, सचिव रुषा पोखरेल, सहसचिव युवराज ढकाल ‘राजन’, खुला महिला सदस्य कल्पना दाहाल खतिवडा,  हिमा पराजुली हिरा , क्षेत्रीय संयोजक क्षेत्र नं. ३ का सूर्यबहादुर अधिकारी, क्षेत्रीय सहसंयोजक क्षेत्र नं. ३ की सन्जु चम्लागाईं‘मैया’, क्षेत्रीय संयोजक क्षेत्र नं. ५ का भरत नारायण राजवंशी, क्षेत्रीय संयोजक क्षेत्र नं. ६ का केदारबहादुर अधिकारी, र क्षेत्र नं. ६ की सहसंयोजक रिता देवी दाहाल रहेका छन्।

स्थानीय उपभोक्ताको घरदैलोमा पुग्दै मत माग्ने क्रममा अध्यक्ष पदका उम्मेदवार चुडामणि मैनालीले चन्द्रगढी सामुदायिक वनलाई इको–टुरिजम का रूपमा विकास गर्ने, स्थानीयको आम्दानी बढाउने र रोजगारी सिर्जना गर्ने विभिन्न कार्यक्रम ल्याउने योजना सार्वजनिक गर्नुभयो।


2प्राङ्गारिक मल उत्पादनमार्फत कृषक र युवालाई व्यवसायिक अवसर प्रदान गर्ने र विगतका अधुरा उपभोक्तामैत्री कामहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै उपाध्यक्ष पदका उम्मेदवार दिपेन्द्र कटुवालले वन संरक्षण र उपभोक्ताको हित नै आफ्नो समूहको प्रमुख लक्ष्य रहेको बताउँदै हात्ती तथा वन्यजन्तु आतंक नियन्त्रण गर्न ठोस योजना बनाइने जानकारी दिनुभयो।

उहाँले सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न विभिन्न दीर्घकालीन योजनाहरू अघि सार्ने र सम्पूर्ण उपभोक्ताहरूलाई आफ्नो प्यानललाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्नुभयो।

सचिव पदकी उम्मेदवार रुषा पोखरेलले आफू जेएनजीको प्रतिनिधि भएको जनाउँदै सामुदायिक वन भित्र हुने अनियमितता, व्यथिति र भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाउन आफ्नो उम्मेदवारी रहेको बताउनुभयो।

उहाँले जनताको अपेक्षा र समयको माग अनुसार पारदर्शी र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताउनुभयो।

त्यस्तै *सहसचिव पदका उम्मेदवार युवराज ढकाल ‘राजनले बुवा पुस्तालाई साथमा लिएर युवा पुस्ता नेतृत्वमा अघि बढ्ने सोचका साथ यो प्यानल तयार भएको बताउनुभयो।+


3

उहाँका अनुसार चुडामणि मैनाली विगतदेखि नै विभिन्न संघ–संस्थामा संलग्न रही उत्कृष्ट सामाजिक नेतृत्व प्रदान गर्दै आएका व्यक्ति भएकाले उहाँको नेतृत्वमा सामुदायिक वनको समग्र विकास सम्भव रहेको विश्वास व्यक्त गर्नुभयो।


साझा संकल्प समूहले आफ्नो घोषणापत्र पनि सार्वजनिक गर्दै वन संरक्षण, पारदर्शिता र विकासमुखी कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

घोषणापत्रमा वन समितिले अघि बढाइरहेका राम्रा कार्यलाई निरन्तरता दिँदै परिमार्जन गर्ने, चन्द्रगढी पर्यटकीय क्षेत्रको दीर्घकालीन गुरुयोजना तयार गरी परियोजना सञ्चालन सुरु गर्ने, मनसा सिमेन्टदेखि नहरटोलसम्मको बाटोलाई पर्यटकीय मार्गको रूपमा विकास गर्ने उल्लेख गरिएको छ।

साथै हात्ती तथा वन्यजन्तु आतंकलाई अवसरको रूपमा उपयोग गर्ने, मापदण्ड अनुसार दाहसंस्कारका लागि निःशुल्क दाउराको व्यवस्था गर्ने, युवा मैत्री खेलकुद र वैकल्पिक ऊर्जा (बायोग्यास) प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने, वन र बिरुवामा असर पार्ने उल्टेकाँडा जस्ता झारको व्यवस्थापन गर्ने र सम्पूर्ण कारोबारलाई सफ्टवेयरमार्फत पारदर्शी बनाउने योजना पनि घोषणापत्रमा समावेश गरिएको छ।


त्यस्तै अनुचित कटान, चिरान र वितरणमा पूर्ण रोक लगाउने, सिमसार क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनाउने, वन क्षेत्रभित्र यात्रु प्रतिक्षालय निर्माण गर्ने लगायतका विषयहरू पनि घोषणापत्रमा उल्लेख छन्।


साझा संकल्प समूहले वन उपभोक्ताको हित, वन संरक्षण, आर्थिक पारदर्शिता र पर्यटकीय विकासलाई जोड दिने उद्देश्यका साथ आफ्नो अभियान अघि बढाएको बताएको छ।

 चन्द्रगढी सामुदायिक वनलाई “हरित, पारदर्शी र पर्यटकीय वन” का रूपमा रुपान्तरण गर्नु नै आगामी कार्यकालको प्रमुख लक्ष्य हुने आफ्नाे धाेषणा पत्रमा उल्लेख गरिएकाे छ ।