बिर्तामोड,  भरत प्रसाई ।

झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बिहीबार दानाबारी सेवा केन्द्रअन्तर्गतका बाढीपीडित शेयर सदस्यहरूलाई राहत वितरण गरेको छ ।

गत असोज १८ र १९ गते माइखोलामा आएको बाढीबाट प्रभावित माई नगरपालिका–२, चेप्टी क्षेत्रका ६ जना शेयर सदस्यहरूलाई आफ्नो पेशा–व्यवसाय पुनःस्थापित गर्न सहयोग गर्ने उद्देश्यले संस्थाले भेटघाट, परामर्श तथा राहत वितरण गरेको हो।

बाढी पीडित शेयर सदस्यहरुलाई संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतम, लेखा सुपरिवेक्षण समिति सदस्य श्रीप्रसाद न्यौपाने, व्यवस्थापक सरोज दाहाल, दानाबारी सेवा केन्द्र सञ्चालन उपसमितिका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थितिमा आज कार्तिक २० गते राहात वितरण गरिएको थियो ।

575095340_794612736884064_8551132653816026307_n

उहाँहरुले बाढी प्रभावित सदस्यहरूको अवस्थाबारे जानकारी लिँदै क्षति प्रभावित स्थानहरूको स्थलगत निरीक्षण समेत गर्नु भएको थियो ।

बाढी प्रभावित सदस्यहरुलाई तत्काल आफ्नो पेशा व्यवसायमा फर्कन सहज होस् भन्ने उद्देश्यले अत्यावश्यक जिन्सी सामग्रीहरू हस्तान्तरण गरिएको थियो । साथै, प्रभावित सदस्यहरूलाई आफ्नो पेशा–व्यवसाय पुनः सुचारु गर्न सहकारीले गर्न सक्ने सहयोगको अपेक्षा संकलन गरी उपायहरूबारे परामर्श र छलफल समेत गरिएको थियो ।

575819295_1779477202802712_8546782419348151529_n

कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष गौतमले, “सहकारी संस्था केवल वित्तीय कारोबारमा सीमित नभई सामाजिक उत्तरदायित्व बोकेको समुदाय–मुखी संस्था हो, ” भन्दै यस्ता सहयोगात्मक कार्यहरूलाई निरन्तर अघि बढाइने प्रतिबद्धता जनाउनु भएको थियो ।

संस्थाका व्यवस्थापक सरोज दाहालले संस्था स्थापनाकाल देखी सदस्यहरुको हर सुख दुःखमा सहारा बन्दै आइरहेको र भविष्यमा पनि सदस्यहरुको जन्म देखी मृत्यु सम्मका हर क्षणमा सारथी बनी उभिने लक्ष्य रहेको जानकारी गराउनु भयो ।

कार्यक्रममा स्थानीय व्यक्तित्वहरुको समेत उपस्थिति थियो । संस्थाका सदस्यहरुले सहकारीको यो कदमले सामुदायिक उत्तरदायित्व, सहकार्यको भावना र सदस्यप्रतिको माया झल्काएको प्रतिक्रिया दिएका छन्। ।