झापा, पुष ९ । खराब मौसमका कारण भद्रपुर विमानस्थलमा विमान अवतरण गर्न नसकी पुनः काठमाण्डौ नै फर्किएको छ ।
आज साँझ ७.२० बजे काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको बीएचए–९०१ विमान भद्रपुर विमानस्थलमा अवतरण गर्न नसकेको हो ।
खराब मौसमका कारण भद्रपुरमा सो विमान अवतरण गर्न नसकी राति ८ः५ बजे पुनः काठमाडौं फर्किएको जनाइएको छ ।














