बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको छैटौ वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको बिहीबार भएको खेलबाट वडा न १० फाइनलमा प्रवेश गरेको छ । 

पहिलो सेमिफाइनलमा वडा न ७ लाई ३-१ गोल अन्तरले हराउदै वडा न १० फाइनलमा प्रवेस गरेको हो । 

वडा न १० ले उपहार गोल मार्फत गोलको खाता खोलेको थियो । 

पहिलो हाफमा सौरभ लिम्बू र सुजन लिम्बुले सौरभ लिम्बू गोल गर्दै खेल ३-० को अवस्थामा पुरयाएका थिए । 

दोस्रो हाफमा वडा न ७ ले सुधारिएको प्रदर्शन गर्यो । विपक्षी टिमलाई दोस्रो हाफमा वडा न ७ ले दवावमा राखेको थियो । खेलको अन्तिम समयमा नितेश लिम्बुले वडा न ७ का लागि सान्त्वना ग‍ोल गरेका थिए ।

खेलको प्लेयर अफ द म्याच बिजेता टिम बिर्तामोड-१० का सौरभ लिम्बु भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । 

शुक्रबारको अन्तिम सेमिफाइनल खेल वडा न ३ र वडा न ५ बीच हुने छ ।