बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो वडा स्तरीय भेट्रान्स नकआउट फुटबल प्रतियोगिताको उपाधि वडा न १० ले हात पारेको छ । 

उपाधिसँगै बिर्तामोड-१० ले २५ हजार रुपैया पुरस्कार प्राप्त गरेको छ । उपपिजेता बिर्तामोड-५ ले १५ हजार रुपैयामा चित्त बुझायो । 

IMG_3997

आइतबार सहिद नेत्र पार्कको खेल मैदानमा आयोजित फाइनलमा वडा न १० ले वडा न ५ लाई ३-० ले पराजित गर्यो । 

वडा न १० का लागि महेश राईले दुई र दिलेन लोक्तामले १ गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच बिर्तामोड-१० का महेश राई भए उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । 

IMG_3937प्रतियोगितामा नगरका ८ वटा टिमको सहभागिता रहेको थियो । पुस ४ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबारको फाइनलसँगै समापन भएको छ ।