अर्जुनधारा ।

खेलकुद तथा सामाजिक सेवामा सक्रिय अर्जुनधारा नगरपालिका–५ वैशाबाडी निवासी ‘ब्रदरउड’का संयोजक मुकुल बोहराले मृगौला फेल भएर उपचाररत अर्जुनधारा–१० निवासी २८ वर्षीय राम तामाङलाई आर्थिक सहयोग गर्नुभएको छ।

विपन्न परिवारका तामाङलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले बोहराले नगद २० हजार रुपैयाँ प्रदान गर्नुभएको हो। साथै उहाँले अर्जुनधारा–४ स्थित रातेखाल युथ क्लबलाई खेलकुद सामग्रीसमेत सहयोग गर्नुभएको छ।

उक्त सहयोग रकम राम तामाङले अध्ययन गरेको कालिस्थान माध्यमिक विद्यालय परिसरमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो।

7 1कार्यक्रममा मुकुल बोहराका बुबा मनोज बोहरा,आमा सरस्वती बोहरा, दाइ मनिष बोहरा, भाउजु मिरा बोहरा तथा अंकल विक्रम आचार्यको उपस्थिति रहेको थियो। विद्यालयका शिक्षकहरूको समन्वयमा चेक हस्तान्तरण गरिएको हो।

सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै बोहराले यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा निरन्तर योगदान दिँदै आउनुभएको स्थानीयले बताएका छन्।

उहाँको यस सहयोगले पीडित परिवारलाई ठूलो राहत मिलेको प्रतिक्रिया प्राप्त भएको छ।