बिर्तामोड । भरत प्रसाई ,
झापाको बिर्तामोड–५ मा रहेको न्युटन्स एजुकेसन एकेडेमीले आफ्नो २३औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोपीकृष्ण प्रसाईंको अध्यक्षता तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षा, पत्रकारिता, समाजसेवा र खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रममा शिक्षासेवी, पत्रकार, शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा  विद्यालयकी छात्रा अनन्या खरेलले   उपस्थित अतिथीहरुलाई स्वागत  गरेकी  थिइन् । 

 विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले वार्षिक उत्सवलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै ,विद्यालयको स्थापना कालदेखि हालसम्मको शैक्षिक यात्रा, उपलब्धि र भावी योजनाबारे विस्तृत रूपमा जानकारी गराउँदै न्यूटन्स् एजुकेशन फाउण्डेशन गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षामा केन्द्रित हुँदै आएको बताउनुभयाे । 

IMG_7044 - Copyउहाँले विद्यालयले शिक्षा मात्र नभई नैतिकता, अनुशासन र सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिँदै आएको उल्लेख  गर्नुभयाे । 

वार्षिकोत्सवका अवसरमा एभिन्युज टेलिभिजनका झापा संवाददाता तथा साझा अनलाइन न्यूज पोर्टलका सम्पादक सन्तोष न्यौपानेलाई बालबालिका तथा शिक्षाको क्षेत्रमा पत्रकारिताको माध्यम बाट  पुर्‍याएको  उल्लेखनीय योगदानको कदर गर्दै दोसल्ला ओढाएर कदरपत्र प्रदान गरिएको थियो।

IMG_6978 - Copyझापा बिर्तामोड स्थायी बासिन्दा पत्रकार न्यौपाने विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील  रहनुभएकाे छ ।

उहाँले प्रिन्ट, रेडियो, टेलिभिजन तथा डिजिटल माध्यममार्फत शिक्षा, आर्थिक गतिविधि, सामाजिक सवाल, विकास निर्माण, सुशासन तथा खोजमूलक पत्रकारिताका विषयमा निरन्तर समाचार, रिपोर्ट र विश्लेषण प्रस्तुत गर्दै आउनुभएकाे छ । 


IMG_7056स्थानीय तहका आवाजलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन खेलेको भूमिकाका कारण उहाँ पाठक, दर्शक र स्रोतहरूमाझ विश्वासिलो पत्रकारका रूपमा परिचित हुनुहुन्छ । 

निष्पक्षता, तथ्यपरकता र जिम्मेवार पत्रकारितालाई आत्मसात गर्दै आएका न्यौपाने नयाँ पुस्ताका पत्रकारहरूका लागि प्रेरणाको स्रोत बनेकोले न्यूटन्स एजुकेशन फाउण्डेशनले सम्मान गरेकाे   विद्यालयका प्रिन्सिपल हुमागाँईले बताउनुभयो । 

IMG_7037सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै पत्रकार न्यौपानेले न्यूटन्स एजुकेशन फाउण्डेशनप्रति आभार व्यक्त गर्दै पत्रकारिता सत्य र समाजप्रतिको उत्तरदायित्वबाट कहिल्यै विचलित नहुने पेशा भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो।

उत्कृष्ट शिक्षकका रूपमा केवल सापकोटा सम्मानित  हुनुभएकाे िथयाे भने  सेकेन्डरी इन्चार्ज शिक्षक नोयल परेरालाई विशेष सम्मान प्रदान गरिएको थियो।

उत्कृष्ट अभिभावकको रूपमा मदनगोपाल सुब्बा र मेनुका ओली लोहनीलाई सम्मान गरिएको थियो।

त्यसैगरी कक्षा ११ र १२ मा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरू सवित्रा न्यौपाने, श्रेयसी कार्की र संस्कार भट्टराईलाई नगदसहित सम्मान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष तथा शिक्षासेवी गौतम शर्मा शिवाकोटीलाई शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको थियो।

सामाजिक उत्तरदायित्वअन्तर्गत न्यूटन्स एजुकेशन फाउण्डेशनले झापा गोल्डकपलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

IMG_7108

उक्त सहयोग रकम झापा गोल्डकपका सल्लाहकार प्रशान्त भण्डारीले ग्रहण  गर्नुभएको थियो । 

त्यसैगरी सरस्वती माध्यमिक विद्यालय बिर्तामोड–६ बुट्टाबारी, आदर्श विद्यामन्दिर माध्यमिक विद्यालय घैलाडुब्बा तथा सरस्वती मावि आठराई हाङपाङलाई जनही तीन लाख १० हजार रुपैयाँको अक्षयकोष हस्तान्तरण गरिएको छ।

साथै मदरसा तालीमूल कुरान आधारभूत विद्यालयलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले गुणस्तरीय, अनुशासित र प्रविधिमैत्री शिक्षाले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

उहाँले न्युटन्स एजुकेसन एकेडेमीले समयअनुकूल शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा व्यक्त गर्नुभयो।

कार्यक्रमका बीच विद्यालय स्थापनाकालदेखि शिक्षाको उन्नयन तथा विद्यालयलाई अनुशासित र प्रविधिमैत्री बनाउन उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विद्यालयका प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट सम्मान गरिएको थियो।

संयोगवश आजकै दिन प्रधानाध्यापकको जन्मदिनसमेत परेकाले जन्मदिनको विशेष शुभकामना अर्पण गर्दै उहाँको निरन्तर योगदानको उच्च कदर गरिएको थियो।

IMG_6972 - Copy

कार्यक्रममा प्रमुख अतिथि जलकुमार गुरुङ, विद्यालयका सञ्चालक आशिष प्रसाईं, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेसराज भण्डारी (प्रशान्त), नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै न्यूटन्स एजुकेशन फाउण्डेशनले शिक्षा र समाज विकासमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोल र शिक्षिका पवित्रा पौडेलले संयुक्त रूपमा गरेका थिए।


कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन, गजल तथा नाटक प्रस्तुत गरी कार्यक्रमलाई थप जीवन्त बनाएका थिए।