बिर्तामोड । भरत प्रसाई , ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर “Effective Leadership & Personality Development Training” विषयक तालिम कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ। महिलाहरूको नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास तथा सामाजिक सहभागिता बढाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो।

वीरता जेसीजका अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिर्तामोड नगर प्रमुख  पबित्रा महतारा प्रसाईं प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष, नेपाल जेसीजकी पूर्व राष्ट्रिय उपाध्यक्ष, नारी सञ्चार गृह झापा अध्यक्ष तथा सञ्चारकर्मी जेसी स्वस्तिका आचार्यले सहजीकरण गर्नुभएको थियो।

तालिमका क्रममा आचार्यले प्रभावकारी नेतृत्व, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, सकारात्मक सोच तथा प्रभावकारी सञ्चार सीप सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले महिलाहरूले आफ्नो क्षमता र सम्भावनालाई पहिचान गर्दै समाजको विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नेवा: मिसा: पुच:, माडवारी महिला मञ्च, नेवा: मिसा: दबु:, महिला उद्यमी समूह तथा श्री छठ महिला मञ्चका गरी २५ भन्दा बढी महिलाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले आफूहरूलाई नेतृत्व विकास र आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुगेको बताएका थिए।

 जनहितमा जारी


5732b660-a473-4da3-a181-d0e0aabd94bf

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर घनश्याम चौधरी, बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सिनेटर विशाल थापा, नेको इन्स्योरेन्स बिर्तामोड शाखा प्रबन्धक सुमन पोद्दार तथा झापा गोल्ड कप सदस्य सुशील थापाको आतिथ्यता रहेको थियो।

कार्यक्रमका अध्यक्ष जेसी लोक चन्द्र श्रेष्ठले यस्ता तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूले महिलालाई सशक्त बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। आयोजकका अनुसार उक्त तालिमले सहभागी महिलाहरूमा नेतृत्व क्षमता र आत्मविश्वास अभिवृद्धि गर्न प्रेरणा प्रदान गरेको छ।

कार्यक्रमका संयोजक जुनियर जेसी लुना ओली को स्वागत मन्तव्य को साथै आस्थावाचन कोषाध्यक्ष जेसी अमरजित शाहले  गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सुबास तिखत्रीले गर्नुभएको थियो।